किर्गिस्तान लैजाने गिरोहका दुई महिला पक्राउ

इनेप्लिज २०७२ जेठ १९ गते १५:४९ मा प्रकाशित

सुरुङ्गा(झापा), १९ जेठ । आकर्षक रोजगारीको प्रलोभन देखाएर महिलालाई किर्गिस्तान पु¥याउने गिरोहका दुई महिलालाई प्रहरीले आज भद्रपुरबाट पक्राउ गरेको छ ।

झापा जलथल–७ निवासी २५ वर्षीया हिमा श्रेष्ठ र सोही ठाउँ निवासी २८ वर्षीया सरिता लिम्बू पक्राउ परेको ‘साना हातहरु नेपाल’ भद्रपुरले जनाएको छ ।

उनीहरुलाई ‘साना हातहरु नेपाल’ र प्रहरीको विशेष टोलीले सिन्धुपाल्चोकका चार युवतीलाई भद्रपुर नाका हुँदै भारत लैजाँदै गर्दा पक्राउ गरिएको संस्थाका विमल चाम्लिङले जानकारी दिनुभयो ।

श्रेष्ठ र लिम्बूलाई जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान भइरहेको बताइएको छ ।

उद्धार गरिएका चार युवतीलाई ‘साना हातहरु’ नामक संस्थामा राखेर अभिभावकको जिम्मा लगाउने तयारी भइरहेको छ ।

प्रतिक्रिया