कक्षा १२ को परीक्षा बुधबारदेखि
काठमाडौँ, १९ जेठ । भूकम्पका कारण पछि सरेको कक्षा १२ को परीक्षा भोलि बुधबारदेखि सुरु हुँदैछ ।
उच्च माध्यामिक शिक्षा परिषद्ले भूकम्पबाट अति प्रभावित बाहेक ६८ जिल्लामा परीक्षा सञ्चालनको तयारी गरेको छ । परीक्षामा करिब साढे तीन लाख विद्यार्थी सहभागी हुँदैछन् । यसअघि सो परीक्षा गत वैशाख २० गतेदेखि तोकिएको थियो ।
परिषद्ले आज भक्तपुरमा पत्रकार सम्मेलन गरी परीक्षाका लागि ८४६ परीक्षा केन्द्र र केन्द्राध्यक्ष, एक हजार ६९ सहायक केन्द्राध्यक्ष, ९१३ जना पर्यवेक्षक, नौ हजार ७६१ निरीक्षक, ८४६ कर्मचारी, एक हजार ६९२ कार्यालय सहयोगी र १० हजार ९९८ जना सुरक्षाकर्मी खटिने जानकारी दिएको छ । परीक्षा जेठ ३१ गतेसम्म सञ्चालन हुनेछ ।
परिषद्का परीक्षा नियन्त्रक सन्तोषकुमार अर्यालले परीक्षाको सम्पूर्ण तयारी पूरा भएको बताउँदै परीक्षामा अपाङ्ता भएका परीक्षार्थीलाई कक्षा १० सम्म अध्ययन गरेका व्यक्तिबाट परीक्षा दिन सक्ने व्यवस्था गरिएको जानकारी दिनुभयो ।
भूकम्प अतिप्रभावित सात जिल्ला गोरखा, धादिङ, नुवाकोट, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछाप जिल्लामा भने पछि परीक्षा मिति तोकिने जनाइएको छ ।
स्वास्थ्य सेवा पनि
परीक्षार्थीको स्वास्थ्यमा कुनै समस्या भएमा भक्तपुर, काठमाडाँै र ललितपुरका लागि चिकित्सकसहितको एम्बुलेन्स सेवा परिचालन गरिने परिषद्का उपाध्यक्ष चैतन्य शर्माले बताउनुभयो ।
परीक्षा केन्द्र भवनको भुँइतला र पहिलो तलामा मात्रै परीक्षा सञ्चालन हुनेछन् । कक्षा ११ को परीक्षा आगामी असार १ गतेदेखि १२ गतेसम्म हुँदैछ ।
आज मेरिल्यान्डको बाना भबनमा डा भगवान कोईरालासंग अन्तरकृया हुदै
नेपालको राष्ट्रिय क्रिकेट टिम र स्थानीय क्लब बिच अमेरिकामा एनआरएनए कप प्रतियोगिता
यानपेटिका(सुटकेस)मा फेला परेको युवकको मृत्युको कारण इन्डियाना प्रहरीद्वारा खुलासा
अमेरिकाको पेन्सेलभेनियामा एक घरमा विष्फोट हुदा ५ जनाको मृत्यु ,२ जना घाइते
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख ९ हजार संक्रमित ,३७५ जनाको मृत्यु
प्रतिक्रिया