मापदण्ड विपरीत बनाइएका दुई तलाभन्दा माथिका घर भत्काइने
पथरी (मोरङ), १९ जेठ । विराटनगर उपमहानगर क्षेत्रमा नक्सापास नगरी दुई तलाभन्दा माथि बनाइएका घर विराटनगर उपमहानगरपालिकाले भत्काउने भएको छ ।
उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मीका अनुसार उपमहानगर क्षेत्रमा नक्सापास नगरी दुई तलाभन्दा माथि घर निर्माण गरेको पाइएमा भत्काउन लागिएको हो ।
सरकारी निर्णयअनुसार विराटनगर क्षेत्रमा दुई तलाभन्दा माथिको घर निर्माण बन्द गरिएको जानकारी दिँदै रेग्मीले यसबारे वडा सचिवको भेला चाँडै डाकिने बताउनुभयो । उपमहानगर क्षेत्रका २२ वटै वडाका सचिवको भेला बोलाई मापदण्ड विपरीत निर्माण गरिएका भौतिक संरचना भत्काउनका लागि निर्देशन दिइने रेग्मीले जानकारी दिनुभयो ।
उहाँका अनुुसार नक्सा पास भए÷नभएको मूल्याङ्कन गरी त्यसको जानकारी उपमहानगरलाई सचिवले दिने छन् । विराटनगरका अधिकांश घर मापदण्ड विपरीत निर्माण गरेको पाइएको उपमहानगरपालिकाले जनाएको छ । कम्पाउन्ड वाल चार फिटको वनाइनुपर्नेमा शत्प्रतिशत वालहरु मापदण्ड वितरीत पाइएको उपमहानगरपालिकाका इन्जिनियर भरत न्यौपानेले जानकारी दिनुभयो ।
मापदण्ड विपरीत बनाइएका भौतिक संरचना निर्माण गरेकालाई पूर्वसूचना दिइने र अटेर गरे भौतिक संचरना भत्काउँदा लाग्ने सम्पूर्ण खर्चसमेत नगरपालिकाले असुल गर्ने कार्यकारी अधिकृत रेग्मीको भनाइ छ ।
आज मेरिल्यान्डको बाना भबनमा डा भगवान कोईरालासंग अन्तरकृया हुदै
नेपालको राष्ट्रिय क्रिकेट टिम र स्थानीय क्लब बिच अमेरिकामा एनआरएनए कप प्रतियोगिता
यानपेटिका(सुटकेस)मा फेला परेको युवकको मृत्युको कारण इन्डियाना प्रहरीद्वारा खुलासा
अमेरिकाको पेन्सेलभेनियामा एक घरमा विष्फोट हुदा ५ जनाको मृत्यु ,२ जना घाइते
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख ९ हजार संक्रमित ,३७५ जनाको मृत्यु
प्रतिक्रिया