किसानलाई मिनीटिलर हलो वितरण

इनेप्लिज २०७२ जेठ १९ गते ३:३५ मा प्रकाशित

Myagdi_district_locationबाबियाचौर (म्याग्दी), १९ जेठ । जिल्ला कृषि विकास कार्यालयले म्याग्दीका किसानलाई खेत जोत्न प्रयोग हुने ‘मिनीटिलर हलो’ वितरण गरेको छ ।

मध्यपहाडी बृहत्तर मकै उत्पादन कार्यक्रमअन्तर्गत कृषि सहकारी र कृषक समूहलाई ५० प्रतिशत अनुदानमा सोमबार ६ वटा ‘मिनिटिलर हलो’ वितरण गरिएको हो ।

रानीपँधेरा कृषक समूह भकिम्ली–५, राखु सुन्तला कृषक समूह भकिम्ली–५, नमस्ते कृषि सहकारी बेनपा–८, चुत्रेनी तरकारी उत्पादन समूह, बास्कुना कृषि सहकारी र बगरफाँट बीउ उत्पादन कृषक समूहलाई एक÷एकवटा मिनीटिलर हलो उपलब्ध गराएको कार्यालयले जनाएको छ । रु ७२ हजार मूल्य पर्ने प्रतिमिनीटिलरका लागि कार्यालयले रु ३६ हजार अनुदान दिएको हो । खेती कार्यलाई यान्त्रीकरण गरी छिटोछरितो र लागत घटाउने उद्देश्यले मिनीटिलर सहयोग गरिएको कार्यालयका प्राविधिक सहायक रमेश खड्काले जानकारी दिनुभयो ।

गत वर्ष अनुदानमा २२ वटा मिनीटिलर हलो वितरण गरेको थियो । गोरु नपाउने, पाल्नलाई झन्झट र ढिलो हुने भएपछि मिनीटिलर हलो प्रयोग गर्न थालेको रानी पँधेरा कृषक समूह भकिम्लीका सदस्य राजु पुनले बताउनुभयो ।

प्रतिक्रिया