भूकम्पमा परी आठ हजार सात सयको मृत्यु, बाइस हजार बढी घाइते
काठमाडौँ, १८ जेठ । भूकम्पमा परी आज बिहान १० बजेसम्ममा आठ हजार छ सय ९९ जनाको मृत्यु र २२ हजार चार सय ८९ जना घाइते भएका छन् ।
भूकम्पमा परी काठमाडाँै उपत्यकामा एक हजार सात सय २९, पूर्वाञ्चलमा ५८, मध्यमाञ्चलमा छ हजार चार सय ५५, पश्चिमाञ्चलमा चार ५५ र मध्यपश्चिमाञ्चलमा दुई जनाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।
यसैगरी काठमाडौँ उपत्यकामा १३ हजार १२, पूर्वाञ्चलमा चार सय ५२, मध्यमाञ्चलमा सात हजार सात सय ४५, पश्चिमाञ्चलत्रमा एक हजार दुई सय ४२, मध्यपश्चिमाञ्चलमा ३६ जना र सुदूरपश्चिमाञ्चलमा दुई जना घाइते भएका छन् । घाइतेमध्ये चार हजार छ सय ५३ जनाको उपचार भइरहेको छ ।
भूकम्पमा परी नेपाल प्रहरीका छ, नेपाली सेनाका नौ, सशस्त्र प्रहरी बलका एक, ११ जना निजामती कर्मचारी तथा ७९ विदेशीको मृत्यु भएको छ ।
त्यसैगरी नेपाल प्रहरीका एक सय ८३, नेपाली सेनाका छ, सशस्त्र प्रहरी बलका ३२ र ५० जना विदेशी पर्यटक घाइते भएका छन् । भैँचालोमा परेर हालसम्म एक सय ९३ नेपाली र ८० जना विदेशी बेपत्ता भएका छन् ।
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया