अपहृत बालकका परिवारसँग बीस लाख फिरौती माग

इनेप्लिज २०७२ जेठ १८ गते ४:२९ मा प्रकाशित

apaharanगोलबजार (सिरहा), १८ जेठ । सिरहाको सुखिपुर गाविस–६ दहिपौडी टोलका अपहृत बालक श्रवण भण्डारीका आमासँग अपहरणकारीले रु २० लाख फिरौती माग गरेका छन् । तर फिरौती रकम बुझाउन नसक्दा बालक भण्डारी अपहरण मुक्त हुन पाएका छैन् ।

यही जेठ ११ गते बिहान अपहृत बालकका आमा अरहुलिया भण्डारीसँग अपहरणकारीले फोन गरेर रु २० लाख फिरौती माग गरेको प्रहरीले जनाएको छ । फिरौती रकम नदिए बालकलाई मार्ने पनि धम्की दिइएको छ ।

सामान्य आर्थिक हैसियत भएका भण्डारी परिवार कृषि पेसामा आश्रित छन् । अपहृत बालककी आमा अरहुलियाले आँखाबाट आँसु चुहाउँदै भन्नुभयो, “घर चलाउन त गाह्रो छ । कहाँबाट २० लाख रुपैयाँ दिने ? तपाइँहरु मेरा छोरालाई बचाइदिनुस् ।”

श्रवण सम्पर्कविहीन भएको भोलिपल्ट दिउँसो १ बजे जब फिरौती माग्न अपहरणकारीले फोन गरे त्यसयता अपहृत बालकका आमा अरहुलियाको आँखा आँखुले भिजीरहेका छन् । भोक र निन्द्रा हराएको छ । जसलाई देख्यो मेरा छोरालाई बचाइदिनुस् भनेर बिन्ती गर्दै रुन थाल्नुहुन्छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरीनायब उपरीक्षक माधव बुढाथोकीले घटना अहिले अनुसन्धानकै क्रममा रहेको बताउनुभयो ।

प्रतिक्रिया