भूकम्प पिडित सिद्धिबासीलाई सहयोग
रत्ननगर–१७, जेठ
गत बैसाख १२ गते र त्यसपछिका पराकम्पनहरुबाट पिडित चितवनको पहाडी गा.वि.स. सिद्धिका १ सय २४ परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । जेन्टल हर्ट फाउण्डेसन काठमाण्डौको सहयोगमा सिद्धि वडा नं. १ खोलागाउँ, वडा नं. ६ मझवाङ्ग र लालीवाङ्गका भूकम्प पिडित परिवारलाई चामल १५ किलो, दाल, तेल, नुन, साबुन सहयोग गरिएको थियो । फाउण्डेसनका अध्यक्ष अर्जुन ढकाल, सदस्य शोभा ढकाल तामाङ्ग, कोअर्डिनेटर ईश्वर श्रेष्ठले आज आइतबार सिद्धिमा पुगी भूकम्प पिडितलाई सो सहयोग सामाग्री हस्तान्तरण गर्नुभएको थियो । त्यसैगरी सोही संस्थाले नवलपरासीको पिठौली ६ को मुसहर बस्तीका ६५ घरपरिवारलाई खाद्यान्न र लामखुट्टेको झुल सहयोग गरेको फाउण्डेसनका अध्यक्ष ढकालले जानकारी दिनुभयो ।
रक्तदान
भूकम्प पिडित बिरामीहरुलाई सहयोग गर्ने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी उपशाखा जुटपानी खोलेसिमलको आयोजनामा रक्तदान गरिएको छ । रक्तदान कार्यक्रममा ७ महिला सहित ५० जनाले रक्तदान गर्नुभएको संस्थाका सभापति गणेश शर्मा पौडेलले जानकारी दिनुभयो ।
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया