बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

इनेप्लिज २०७२ जेठ १७ गते १२:०४ मा प्रकाशित

pakraauकाठमाडौँ, १७ जेठ । बैंकिङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका अरुणकुमार मराठालाई केन्द्रीय अनुसनधान ब्युरोको टोलीले पक्राउ गरेको छ ।

पुनरावेदन अदालत पाटनको २०७१ वैशाख २९ को फैसलाले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा १५(२)(घ) बमोजिम रु १३ करोड ३० लाख जरिवाना र छ वर्ष कैद हुने ठहर भएकामा मराठा फरार रहेका थिए ।

उनलाई नयाँबानेश्वरबाट पक्राउ गरी फैसला कार्यान्वयनका सिलसिलामा काठमाडौँ जिल्ला अदालतमा पेस गरी नक्खु कारागार ललितपुरमा कैद भुक्तानका लागि पठाइएको ब्युरोले जनाएको छ ।

मराठाले क्यापिटल मर्चेन्ट बैंकिङ एवम् फाइनान्स कम्पनी लिमिटेडबाट सफल उपत्यका आवास विकास कम्पनी प्रालिको नाममा रु सात करोड र सफल श्री पब्लिक इन्भेष्टमेन्ट कम्पनी प्रालिको नाममा रु छ करोड ३० लाख कर्जा लिई सो कर्जा रकम दुरुपयोग गरेको ठहर गर्दै बिगो असुल गरी सजाय गर्ने निर्णय अदालतले गरेको थियो ।

प्रतिक्रिया