सोमबार, साउन १८ २०७८
काठमाडौं ११:०४
वासिङटन डिसी 01:19

एक सय पाँच विद्यालयका छ सय कोठामा क्षति

इनेप्लिज २०७२ जेठ १७ गते १:३६ मा प्रकाशित

school1-650x250भक्तपुर, १७ जेठ । गत वैशाख १२ गतेको भूकम्प र वैशाख २९ गतेको शक्तिशाली परकम्पबाट यहाँका १३७ सरकारी विद्यालयमध्ये १०५ विद्यालयका १५९ कक्षा कोठा पूर्ण क्षति भएका छन् ।

त्यसैगरी १८० कक्षा कोठा आंशिक र ३२८ कक्षा कोठामा सामान्य क्षति पुगेको छ । विद्यालय सञ्चालन गर्न तत्काल ११५ अस्थायी कक्षा कोठा आवश्यक भएको जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया