संविधानसभा बैठक भोलि पनि स्थगन हुने सम्भावना
इनेप्लिज
२०७२ जेठ १६ गते १५:३५ मा प्रकाशित
काठमाडौँ, १६ जेठ । भोलिका लागि निर्धारण भएको संविधानसभाको बैठक पुनः स्थगन हुने सम्भावना बढेर गएको छ ।
भूकम्पसँगै परिवर्तित राजनीतिक घटनाक्रमका साथै अधिकांश सभासद् आ–आफ्ना जिल्लामा राहत तथा उद्धारमा जुटेकाले उक्त बैठक स्थगन हुने सम्भावना बढेर गएको हो ।
भोलिको बैठक पनि कार्यसूचीमा प्रवेश नगरी स्थगन हुने सम्भावना बढेर गएको संविधानसभा सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइकेलले राससलाई जानकारी दिनुभयो ।
“संविधानसभामा प्रतिनिधित्व गर्ने सवै राजनीतिक दल र सभासद्ले भोलिको लागि तोकिएको बैठक सार्न सुझाव दिएपनि त्यससम्बन्धी निर्णय भने भइनसकेको छैन,”–उहाँले भन्नुभयो ।
संविधानसभा सचिवालयले भोलि कार्यालय खुल्नासाथ त्यससम्बन्धी सूचना प्रकाशित गर्ने बताइएको छ ।
आज मेरिल्यान्डको बाना भबनमा डा भगवान कोईरालासंग अन्तरकृया हुदै
नेपालको राष्ट्रिय क्रिकेट टिम र स्थानीय क्लब बिच अमेरिकामा एनआरएनए कप प्रतियोगिता
यानपेटिका(सुटकेस)मा फेला परेको युवकको मृत्युको कारण इन्डियाना प्रहरीद्वारा खुलासा
अमेरिकाको पेन्सेलभेनियामा एक घरमा विष्फोट हुदा ५ जनाको मृत्यु ,२ जना घाइते
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख ९ हजार संक्रमित ,३७५ जनाको मृत्यु
प्रतिक्रिया