‘शिक्षक स्रोत पुस्तक’ बजारमा
काठमाडौँ, १६ जेठ । अशल शिक्षक बन्न चाहनेका लागि सहयोगी सामग्रीसहित सिकाइ समूहले ‘शिक्षक स्रोत पुस्तक’ बजारमा ल्याएको छ ।
कुनै पनि मुलुकको शिक्षाको स्तर त्यस देशको शिक्षकको स्तरभन्दा माथि हुन सक्दैन भन्ने मान्यताका साथ पुस्तकमा शिक्षाको गुणस्तर सुधारका लागि शिक्षक सिर्जनशील र समर्पित हुनुपर्नेमा जोड दिइएको छ ।
पुस्तकमा शिक्षाका विद्यालय क्षेत्र सुधार कार्यक्रम, साक्षरता अभियानका साथै नयाँ आयाम समाहित शिक्षा, बहुभाषिक शिक्षा, शिक्षामा सूचना प्रविधि, शैक्षणिक प्रविधि, खुल्ला शिक्षा आदि ११ विषयमा शिक्षा क्षेत्रका विज्ञ, उच्च सरकारी अधिकारी र अनुभवी व्यक्तिका अनुसन्धानमूलक आलेख र सन्दर्भ सामग्री छन् ।
कुल ४९२ पृष्ठको पुस्तक शिक्षक सेवा आयोगको खुला प्रतियोगिताका परीक्षार्थीका लागि उपयोगी हुनेछ भने शिक्षाका विद्यमान नीति र कार्यक्रमको समीक्षकका लागि पनि सान्दर्भक हुनेछ ।
पुस्तकको सम्पादन शरदच्चन्द्र वस्ती, सुदर्शन घिमिरे र बाबुराम विश्वकर्माले गर्नुभएको छ ।
“कुन्ती मोक्तान साँझ “ हुदै
भर्जिनियाको आशबर्न शहरमा एक पुरुष र एक महिला मृत फेला
अध्यावधिक गरिएको : टेक्ससको एक प्राथमिक विद्यालयमा गोली चल्दा कम्तीमा १४ जना बिधार्थी १ शिक्षक सहित १५ जनाको मृत्यु
टेक्ससको एक प्राथमिक विद्यालयमा गोली चल्दा कम्तीमा दुई जनाको मृत्यु ,१३ जना घाइते
बाइडेन: अमेरिका र भारतले युक्रेनमा “नजीकबाट परामर्श जारी राख्नेछ”
प्रतिक्रिया