चितवनका विद्यालयमा साढे ३१ करोड क्षति
इनेप्लिज
२०७२ जेठ १५ गते ४:४३ मा प्रकाशित
रत्ननगर (चितवन), १५ जेठ । भूकम्पका कारण चितवनका २०३ विद्यालयमा गरी रु ३१ करोड ५० लाख बढीको भौतिक क्षति भएको छ ।
ती विद्यालयमा ५७ कक्षाकोठा पूर्ण क्षति, ३८९ कक्षा कोठा बस्न नमिल्ने गरी क्षति, ६१२ कक्षाकोठा सामान्य क्षति भएको जिल्ला शिक्षा अधिकारी दामोदर आचार्यले जानकारी दिनुभयो ।
पूर्ण क्षति पुगेका विद्यालयका कक्षाकोठामा अहिले त्रिपाल पठाइएको र त्रिपालमा राखेर पढाइ सुरु गरिएको छ ।
विद्यालयलाई निश्चित रकम दिने भनिएपनि तोकिएको रकमले कक्षाकोठा मर्मत गर्न नसकिने सम्वद्ध विद्यालयका शिक्षकले गुनासो गरेका छन् ।
राष्ट्रिय मावि मझवाङ सिद्धिका प्रधानाध्यापक देवकुमार बस्नेतले त्रिपालमा पढाइ सुरु भएकाले कक्षाकोठा निर्माणका लागि पर्याप्त आर्थिक सहयोग आवश्यक भएको बताउनुभयो ।
आज मेरिल्यान्डको बाना भबनमा डा भगवान कोईरालासंग अन्तरकृया हुदै
नेपालको राष्ट्रिय क्रिकेट टिम र स्थानीय क्लब बिच अमेरिकामा एनआरएनए कप प्रतियोगिता
यानपेटिका(सुटकेस)मा फेला परेको युवकको मृत्युको कारण इन्डियाना प्रहरीद्वारा खुलासा
अमेरिकाको पेन्सेलभेनियामा एक घरमा विष्फोट हुदा ५ जनाको मृत्यु ,२ जना घाइते
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख ९ हजार संक्रमित ,३७५ जनाको मृत्यु
प्रतिक्रिया