काठमाडौँ, १० जेठ । भूकम्पमा परी आठ हजार छ सय ५४ जनाको मृत्यु भएको छ भने बाइस हजार ५३ जना घाइते भएका छन् ।
आइतबार अपराह्न ४ बजेसम्मको विवरणअनुसार काठमाडौँ उपत्यकामा एक हजार सात सय ३१, पूर्वाञ्चलमा ५८, मध्यमाञ्चलमा छ हजार चार सय १२, पश्चिमाञ्लमा चार सय ५१ र मध्यपश्चिमाञ्चलमा दुई जना गरी आठ हजार छ सय ५४ जनाको मृत्यु भएको हो ।
त्यसैगरी काठमाडौँ उपत्यकामा बाह्र हजार नौ सय ८३, पूर्वाञ्चलमा चार सय५४, मध्यमाञ्चलमा सात हजार दुई सय ३१, पश्चिमञ्चलमा एक हजार तीन सय ४७, मध्यपश्चिमाञ्चलमा ३६ र सुदूर पश्चिमाञ्चलमा २ जना गरी बाइस हजार ५३ जना घाइते भएका छन् ।
नेपाल प्रहरीका अनुसार आठ हजार छ सय १७ जनाको शव मृतकका आफन्तलाई हस्तान्तरण गरिएको छ भने घाइतेमध्ये चार हजार नौ सय ५४ जना उपचाररत छन् ।
प्रतिक्रिया