चौध गाविसलाई निःशुल्क सोलार वितरण

इनेप्लिज २०७२ जेठ ६ गते १४:४४ मा प्रकाशित

SOLAR-ENERGYचरिकोट (दोलखा), ६ जेठ । इन्टरनेट सोसाइटी नेपालले दोलखाका यातायात र सञ्चार सेवाबाट वञ्चित १४ गाविसलाई निःशुल्क सोलार प्यानल उपलब्ध गराएको छ ।

उक्त सोसाइटीले प्रति सोलार रु ४५ हजार पर्ने १५ वटा सोलार प्यानल र व्याट्रि तथा इन्टरनेट प्रयोग गर्न मिल्ने विभिन्न सामग्री उपलब्ध गराएको हो । सो सामग्री इन्टरनेट सोसाइटी नेपालका अध्यक्ष वावुराम अर्यालले जिविसका वातावरण तथा जलवायु परिवर्तन शाखाका अधिकृत श्यामकिशोर यादवलाई आज हस्तान्तरण गनुभयो ।

जिल्लाका सुस्पाक्षमावती, लापिलाङ, लामिडाँडा, बाबरे, खोपाचाँगु, कालिञ्चोक, विगु, चिलङ्खा, बुलुङ, लादुक, ओराङ, खारे, गौरीशङ्कर, आलम्पु र जफे गाविसलाई उक्त सामग्री उपलब्ध गराइने यादवले जानकारी दिनुभयो ।

प्रतिक्रिया