तीन हत्यारालाई सर्वस्वसहित जन्मकैद
गौशाला, ६ जेठ । एक चिकित्सकको हत्या गर्ने तीन हत्यारालाई मङ्गलबार महोत्तरी जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ ।
जिल्लाको सरपल्लो बजारमा क्लिनिक खोली चिकित्सक पेसा गर्दै आएका ३१ वर्षीय राजकुमार साहलाई धारिलो हतियार प्रयोग गरी हत्या गर्ने सरपल्लो गाविस– ३ बस्ने २२ वर्षीय धर्मवीर सिंह, निजकी पत्नी १७ वर्षीया सोनी सिंह र सासू जिल्लाको ईटहर्वाकट्टी– ६ बस्ने अञ्जुदेवी सिंहलाई अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको हो ।
महोत्तरी जिल्ला अदालतका न्यायाधीश कैलाशप्रसाद सुवेदीको इजलासबाट सो फैसला गरी तीनै जनालाई जलेश्वर कारागारमा पठाइएको छ ।
जन्मकैद पाएका तीनै जनाले २०७० कात्तिक १९ गतेका राति जिल्लाको सरपल्लो– ३ बस्ने राजकुमार साहलाई जिल्लाको मनरा गाविस– १ स्थित उँखुघारीमा बोलाई धारिलो हत्यार प्रयोग गरी शरीरको विभिन्न भागमा काटेर हत्या गरेका थिए ।
चिकित्सक साहले हत्यारा धर्मवीरसिंहकी पत्नीलाई उपचारको क्रममा यौन दुव्र्यवहार गरेको भन्दै धर्मवीरले पत्नी र सासूसँग मिलेर हत्याको योजना बनाई साहको हत्या गरेको थियो ।
विसं २०७० कात्तिक २० गते बिहान धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा साहको शव मनरा– १ स्थित उँखुघारीमा फेला परेको थियो ।
सो घटनामा संलग्न रहेका तीनजनालाई प्रहरीले २०७० कात्तिक २१ गते पक्राउ गरी ल्याएपछि जिल्ला अदालतले उनीहरूलाई सोही मितिबाट पुर्पक्षका लागि जलेश्वर कारागारमा राखेको थियो ।
आज मेरिल्यान्डको बाना भबनमा डा भगवान कोईरालासंग अन्तरकृया हुदै
नेपालको राष्ट्रिय क्रिकेट टिम र स्थानीय क्लब बिच अमेरिकामा एनआरएनए कप प्रतियोगिता
यानपेटिका(सुटकेस)मा फेला परेको युवकको मृत्युको कारण इन्डियाना प्रहरीद्वारा खुलासा
अमेरिकाको पेन्सेलभेनियामा एक घरमा विष्फोट हुदा ५ जनाको मृत्यु ,२ जना घाइते
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख ९ हजार संक्रमित ,३७५ जनाको मृत्यु
प्रतिक्रिया