शनिबार, साउन १६ २०७८
काठमाडौं ०९:२८
वासिङटन डिसी 23:43

दुर्घटनामा नौको मृत्यु

इनेप्लिज २०७२ जेठ ४ गते १४:३४ मा प्रकाशित

accident-signहेटौडा, ४ जेठ । हेटौडाबाट नारायणगढतर्फ जाँदै गरेको ना ४ ख ३६९७ नं को बस र नारायणगढबाट हेटौँडातर्फ जाँदै गरेको ना ४ ख ५७६५ नं। ट्रक हेटौँडा नारायणगढ सडकखण्डको बिजौनामा आज अपराह्न ठोक्किँदा नौजनाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा २७ यात्रु घाइते भएका छन् । उनीहरूको भरतपुर अस्पताल र चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । यो समाचार तयार गर्दासम्म मृतकको सनाखत हुन सकेको छैन ।

प्रतिक्रिया