भूकम्पबाट दुई सय एकसठ्ठी विद्यार्थीको मृत्यु

इनेप्लिज २०७२ जेठ ४ गते १४:२८ मा प्रकाशित

vukampaकाठमाडौँ, ४ जेठ । विनाशकारी भूकम्पमा परी २६१ विद्यार्थीको मृत्यु भएको छ ।

शिक्षा मन्त्रालयका सहसचिव डा लवदेव अवस्थीका अनुसार गत वैशाख २९ को ठूलो पराकम्पनभन्दा अगाडि २२५ विद्यार्थीको मृत्यु भएकामा पछिल्लो विवरणमा सो सङ्ख्या बढेको पाइएको छ । यसैगरी भूकम्पका कारण हालसम्म ३३ शिक्षकको मृत्यु भएको छ । मन्त्रालयका अनुसार १६ हजार ४७५ कक्षाकोठा र छ हजार ९०२ विद्यालय प्रत्यक्ष प्रभावित, सात हजार २६६ कक्षाकोठा खतरामा तथा १२ हजार ६१३ कक्षाकोठामा सामान्य क्षति पुगेको छ ।

हालसम्म दुई हजार छ शौचालय, एक हजार ४५९ पर्खाल, एक हजार ३६३ पानी आपूर्तिका कक्ष र नौ जिल्ला शिक्षा कार्यालय पूर्णतः क्षति भएका छन् । मन्त्राललले प्रभावित शिक्षा क्षेत्रलाई पुनःस्थापना गर्न आर्थिक र प्राविधिक सहयोगका लागि दातृ निकायसँग छलफल गरिरहेको छ ।

प्रतिक्रिया