बिहान ४.४ म्याग्निच्युडको पराकम्पन

इनेप्लिज २०७२ जेठ ३ गते २:५४ मा प्रकाशित

vukampaकाठमाडौँ, ३ जेठ । आज बिहान ५ बजे दोलखा केन्द्रबिन्दु भएर ४.४ लोकल म्याग्निच्युडको भूकम्पको पराकम्पन गएको छ ।

तुलनात्मक रुपमा भूकम्पका पराकम्पन कम हुँदै गएको छ । शनिबार बिहानै पाँच पराकम्पन गएको थिए । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहानसम्म चार लोकल म्याग्निच्युडभन्दा माथिका २३९ पराकम्पन गएका छन् ।

पराकम्पन क्रमशः कम भएसँगै काठमाडौँ उपत्यकाको जनजीवन सामान्य बन्दै गएको छ । सडकमा सवारीसाधन बाक्लिएका छन् भने सडक र भित्री गल्लीमा पसल खुलेका देखिन्छन् । सानातिना पराकम्पन जाने क्रम जारी रहेको र यसबाट नअतालिन भूकम्पविद्ले सर्वसाधारणलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया