बीस दिनपछि निकालियो शब

इनेप्लिज २०७२ जेठ २ गते ३:२८ मा प्रकाशित

गोरखाबजार, २ जेठ । गत वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्पलगत्तै खसेको पहिरोमा पुरिएका आमाछोरीको शबलाई आज बिहान निकालिएको छ ।

छोरी प्रज्ञालाई खोप लगाएर घर फर्कदै गरेकी गोरखा बारपाक–१ पोखरीकी अञ्जु विकलाई पहिरोभित्रबाट निकालिएको हो । सौरपानी गाविसको झोलुङ्गे नजिकै खसेको पहिरोभित्र आमाछोरी थिचिएका थिए ।

नेपाली सेनाको टोली र जिल्लास्थित सडक कार्यालयबाट खटिएको संयुक्त उद्धार टोलीले शबलाई आज निकालेको भैरवी दल गणका गणपति प्रेमबहादुर थापाले जानकार िदिनुभयो । योसँगै बारपाकमा मात्र भूकम्पमा परी ७० जनाको ज्यान गएको छ ।

प्रतिक्रिया