भूकम्पबाट उपत्यकामा ५० बालगृह प्रभावित

इनेप्लिज २०७२ जेठ २ गते १:३७ मा प्रकाशित

child_2605काठमाडौं, २ जेठ । भूकम्पका कारण काठमाडौं उपत्यकाका ५० भन्दा बढी बालगृह बस्नै नहुने गरी चर्किएका छन् ।

ती बालगृह भत्किएकाले त्यसमा रहेका झन्डै हजारभन्दा बढी अनाथ तथा अभिभावकविहीन बालबालिका प्रभावित भएका छन् ।

वैशाख १२ गते गएको भूकम्प र त्यसपछिका पराकम्पनले उनीहरू बसेको घर बस्नै नहुने भएपछि उनीहरू प्रभावित भएका हुन् ।

भूकम्पका कारण नक्सालस्थित बाल मन्दिर भत्किएको छ । बाल मन्दिरमा रहेका अनाथ तथा असहाय बालबालिलाई बालमन्दिरकै अन्य भवनमा सारिएको छ । बाल मन्दिरमा १५० बालबालिका छन् ।

त्यस्तै उपत्यकाका भरोसा नेपालका ओसिसिडी नेपाल, कोपिला होम, दर्शन बालगृह, फ्युचर होप बालगृह, सुशीला संरक्षण, अप्रेस नेपाल, फेथ फाउन्डेसन, द्वन्द्व पीडित, ओमेन एण्ड चिल्डे«न सर्भिस नेपाललगायत बालगृहका एक हजारभन्दा बढी बालबालिका पीडित भएका छन् ।

ती बालगृहमा रहेको बालबालिकालाई राजधानीका विभिन्न खुल्ला स्थानमा राखिएको छ ।

यसैबीच बालगृहरूको महासङ्घ नेपाल र बालबालिकाको निम्ति गैर सरकारी संस्थाहरूको महासङ्घ नेपालले संयुक्तरुपमा उपत्यकाका क्षतिग्रस्त बालगृललाई ७५ हजारका दरले नगद सहयोग गरेका छन् । बालबालिकाका निम्ति गैरसरकारी संस्थामा महासचिव मनोजकुमार कँडेलले भन्नुभयो, “हामीले पहिलो चरणमा ५० वटा बालगृहमध्ये पनि अति जोखिम रहेको चिल्डे«न होम, ओसिड नेपाल, चाइल्ड ब्राइट फ्यु्चर, होपेड नेपाल, नेपाल प्रेरणा समाज, भरोसा नेपाल, डट फाउन्डेसनलगायत विभिन्न १५ बालगृहमा राहतस्वरुप ७० हजार नगद प्रदान गरेका छौँ ।”
अन्य बालगृहरूमा भने चामल, बिस्कुट, चाउचाउ, साबुन, औषधि, फिल्टर, टेन्ट, चिनी, नुनलगायतका सामग्री पु¥याइएको बाल गृहहरूको महासङ्घका अध्यक्ष रमेश खतिवडाले जानकारी दिनुभयो ।

प्रतिक्रिया