भूकम्पको पराकम्पन कम भएसँगै जनजीवन सामान्य हुदै
इनेप्लिज
२०७२ जेठ १ गते १:२७ मा प्रकाशित
काठमाडौँ, १ जेठ । भूकम्पको पराकम्पन कम भएसँगै उपत्यकासहित प्रभावित क्षेत्रको जनजीवन सामान्य बन्दै गएको छ ।
अघिल्ला दिनका तुलनामा पराकम्पन कम हुँदै गएपछि उपत्यकामा चहलपहल बढेको छ । सडकमा मानिसको चहलपहल बढेको छ भने पसलहरु क्रमशः खुल्न थालेका छन् ।
उपत्यकाभित्र सवारीसाधन सामान्य रुपमा सञ्चालन हुन थालेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
शुक्रबार बिहानै दुई पराकम्पन
दोलखालाई केन्द्रबिन्दु बनाएर आज बिहान ३ बजेर ३८ मिनेट जाँदा ४.१ र ४ बजेर ६ मिनेट जाँदा ४.३ रिक्टर स्केलको भूकम्पको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
पराकम्पनहरु क्रमिक रुपमा कम हुँदै गएकाले अब आत्तिनुपर्ने अवस्था नरहेको केन्द्रले जनाएको छ ।
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया