झापामा रुखको हाँगाले लाग्दा बालकको मृत्यु

इनेप्लिज २०७२ वैशाख ३१ गते १४:१५ मा प्रकाशित

Jhapa_nepal-mapसुरुङ्गा (झापा), ३१ वैशाख । जङ्गलमा दाउरा खोज्न गएका एक बालकको रुखको हाँगाले लागेर आज मृत्यु भएको छ ।

मृत्यु हुनेमा झापा दुवागढी–१ निवासी १० वर्षीय बालक मन्जली डाँगी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनी घर नजिकै रहेको जङ्गलमा आज बिहान दाउरा खोज्न गएको र सखुवाको रुखको हाँगा खसेर घाइते भएका थिए ।

टाउको र खुट्टामा गम्भीर चोट लागेका डाँगीलाई उपचारार्थ तत्काल ओमसाई पाथीभरा हस्पिटल भद्रपुर पुर्‍याइएको थियो । अत्यधिक रक्तस्रावका कारण उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता विश्वमणि पोखरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया