काठमाडौँ, ३१ वैशाख । भूकम्पबाट चर्किएको कलङ्कीको शिवनगरस्थित साढे चार तले घर आज बिहान भत्किँदा बाटो अवरुद्ध भएको छ ।
वैशाख १२ गतेको विनाशकारी भूकम्पले कलङ्की सीता पेट्रोल पम्पभित्र स्थानीय नारायणदेवी मानन्धरकोे चर्किएको घर भत्किएको कालिमाटी महानगरीय प्रहरी वृत्तका प्रहरी सहायक निरीक्षक ज्ञानेन्द्र पन्तले राससलाई जानकारी दिनुभयो ।
भूकम्पले चर्किएको सो घर खाली रहेकाले कुनै मानवीय क्षति भने नभएको उहाँले बताउनुभयो ।
प्रतिक्रिया