तीन हजार लिटर पेट्रोलियम पदार्थ सहयोग

इनेप्लिज २०७२ वैशाख ३१ गते ३:३५ मा प्रकाशित

petrol-price-hike-0काठमाडौँ, ३१ वैशाख । पेट्रोल रिलिज फण्ड नामक संयुक्त राज्य अमेरिकाको एक संस्थाले दोलखाको स्थानीय दैवी प्रकोप उद्धार समितिलाई तीन हजार पेट्रोलियम पदार्थ सहयोग गरेको छ ।

जिल्लामा उद्धार कार्यमा खटिएका उद्धार टोलीलाई सहयोग पुग्ने गरी सो संस्थाले दुई हजार लिटर डिजेल र एक हजार लिटर पेट्रोल उपलब्ध गराएको नेपाल प्रेस युनियनका महासचिव रहनुभएका स्थानीय बासिन्दा अजयबाबु शिवाकोटीले राससलाई जानकारी दिनुभयो ।

विपद् प्रभावित क्षेत्रमा उद्धारका लागि परिचालन हुने सरकारी, सुरक्षाकर्मी, अस्पताललगायतका सवारी साधनमा पेट्रोलियम पदार्थको कमी हुन नदिनका लागि विश्वभर सहयोग गर्दै आएको सो संस्थाले दोलखामा पनि पहिरोका कारण यातायात अवरुद्ध भएका बेला सो सहयोग गरेको हो ।

प्रतिक्रिया