फलेवास (पर्वत), ३१ वैशाख । वैशाख १२ र २९ गते गएको भूकम्पबाट पर्वतका ८८ वटा विद्यालयका भवन भत्किएको पाइएको छ । जिल्ला शिक्षा कार्यालयले दिएको जानकारीअनुसार ८८ मध्ये १२ वटा विद्यालयमा विद्यार्थी पढाउनका लागि पाल टाँगिएको छ ।
जिल्ला शिक्षा कार्यालय, प्लान नेपाललगायतका सङ्घसंस्थाको सहयोगमा पूर्णरुपमा भवन भत्किएर कक्षाकोठै नभएका १२ वटा विद्यालयमा पाल टाँगेर कक्षाकोठा निर्माण गरिएको शिक्षा कार्यालयका शाखा अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले बताउनुभयो ।
वैशाख २९ गते दिउँसो आएको भूकम्पपछि पर्वतका विद्यालय आइतबारसम्मका लागि बन्द गरिएको जानकारी उहाँले दिनुभयो ।
प्रतिक्रिया