पेट्रोलियम डिलर्सद्वारा १६ लाख प्रदान

इनेप्लिज २०७२ वैशाख २७ गते १:२७ मा प्रकाशित

काठमाडौँ, २७ वैशाख । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले भूकम्पबाट भएको धनजनको क्षति, भौतिक संरचनाको मर्मत तथा पुनःनिर्माणका लागि प्रधानमन्त्रीलाई रु १६ लाख २५ हजारको चेक शनिबार हस्तान्तरण गरेको छ ।

एसोसिएसनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले भूकम्पपीडितकोे उद्वार, उपचार, राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि आफूलगायत मुलुकभरिका पेट्रोलियम व्यवसायीको स्थानीय सदस्य संस्थाबाट सो रकम सङ्कलन गरिएको बताउनुभयो ।

प्रतिक्रिया