सप्तरीको शम्भुनाथमा मोटरसाइकल दुर्घटनामा चारको मृत्यु
इनेप्लिज
२०७२ वैशाख २६ गते १५:२६ मा प्रकाशित
लहान, २६ वैशाख । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका–७ मा आज दिउँसो दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा चारजनाको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १८ प ८२५७ र विपरीत दिशावाट आउँदै गरेकोे बा ६६ प १०९१ नम्बरका दुई मोटरसाइकल एक आपसमा ठोक्किएर सो दुर्घटना भएको हो ।
दुर्घटनामा परी दोलखाको भिमेश्वर नगरपालिका–१० का निमा तामाङ, सुनसरीको इटहरी उपमहानगरपालिका–१ का शरद मगर, बाराको बरौलका बैजुप्रसाद पौदार र अर्का एक नाम नखुलेका गरी चारजनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरीक्षक छेदीलाल कामतीले जानकारी दिनुभयो ।
दुर्घटनामा गम्भीर घाइते भएका चारैजनालाई प्रहरीले उद्धार गरी लहानस्थित नर्सिङ् होममा पु¥याएको र उपचारको क्रममा चारैजनाको मृत्यु भएको प्रहरी निरीक्षक कामतीले बताउनुभयो ।
न्युयोर्कमा मनाईयो गिरीजावावुको९९ औं जन्मजयन्ती
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
तीन हजार नेपालीहरुको सहभागिता रहेको ऐतिहासिक एएनए सम्मेलन सम्पन्न
अमेरिकाका लागी पूर्ब राजदूत डा० अर्जुन कार्की न्युयोर्कमा
प्रतिक्रिया