मोरङबाट प्रधानमन्त्री राहत कोषमा करिब रु ६८ लाख

इनेप्लिज २०७२ वैशाख २६ गते ८:२५ मा प्रकाशित

Morang_district_location_mapविराटनगर, २६ वैशाख । मोरङ जिल्ला प्रशासन कार्यालयमार्फत शुक्रबारसम्ममा प्रधानमन्त्री देवीप्रकोप उद्धार कोषमा करिब रु ६८ लाख दाखिला भएको छ ।

मोरङ व्यापार सङ्घका अध्यक्ष पवन शारदाले रु आठ लाख ११ हजार १११ को चेक प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीलाई शुक्रबार हस्तान्तरण गर्नुभयो ।

उक्त कोषमा मोरङका उद्योगपति, व्यवसायीले व्यक्तिगत र संस्थागत रुपमा रकम जम्मा गरेको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया