लाङटाङ गाविसमा हिमपहिरो

इनेप्लिज २०७२ वैशाख २६ गते ८:२३ मा प्रकाशित

imager.phpधुन्चे (रसुवा), २६ वैशाख । लाङटाङ गाविसमा गएराति थप हिमपहिरो गएको छ । हिमपहिरोको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक प्रवीण पोखरेलले बताउनुभयो ।

वैशाख १२ गते विनाशकारी भूकम्पसँगै आएको हिमपहिरोले १०० भन्दा बढी घरमा क्षति पु¥याउनुका साथै १८३ स्थानीयवासी र सयौँ पर्यटक पहिरोले पुरी हराएका थिए । उनीहरुको खोज उद्धारका लागि गएका नेपाली सेना, नेपाल प्रहरी सुरक्षित रहेको खबर आएको जानकारी उहाँले दिनुभयो ।

प्रतिक्रिया