शनिबार, मंसिर १३ २०७७
काठमाडौं १७:३४
वासिङटन डिसी 06:49

चट्याङले निस्कोटमा एकको मृत्यु

इनेप्लिज २०७२ वैशाख २६ गते १:४६ मा प्रकाशित

thunderstromeबेनी (म्याग्दी), २६ वैशाख । शुक्रबार साँझ ५ः३० बजे परेको चट्याङ लागेर पश्चिम म्याग्दीको निस्कोट–६ बेर्नामा एक जनाको मृत्यु भएको छ ।

घरमै बसिरहेको अवस्थामा पानीसँगै परेको चट्याङले निस्कोट– ६ का १७ वर्षीय यामबहादुर पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यसैगरी चट्याङ लागेरै १३ वर्षीय बलबहादुर फगामी घाइते भएकाले उपचारका लागि दरबाङ स्वास्थ्यचौकी लगिएको छ । चट्याङपछि गाउँमा विद्युत् सर्ट भएको स्थानीयवासीले बताएका छन् ।

प्रतिक्रिया