भूकम्प पीडितको राहतका लागि आउन चाहनेलाई टीपीएस सुविधा उपलव्ध गराउन माग

इनेप्लिज २०७२ वैशाख २५ गते १२:२४ मा प्रकाशित

11216336_836658306370946_1175477584_nन्यूयोर्क, २५ वैशाख । अमेरीकाको न्यूयोर्क महानगरीय क्षेत्रको लङ आईल्याण्ड आसपासमा बस्ने नेपालीहरुको संगठन लङ आईल्याण्ड नेपाली सोसाईटीले न्यूयोर्क राज्यको डिस्ट्रीक थर्डमा प्रतिनिधित्व गर्ने कांग्रेस म्यान स्टिभ ईजरायलसँग भेटघाट गरी नेपालका भूकम्प पीडितहरुलाई सहयोग गर्ने विषयमा छलफल गरेको छ ।

सोसाईटीका अध्यक्ष दुर्गेश कार्कीको नेतृत्वमा भएको भेटघाटमा कांग्रेस म्यान ईजरायलले तत्काल राहतका लागि आफूले पहल गर्ने बताएका थिए । भेटघाट कार्यक्रममा सोसाईटीका उपाध्यक्ष कल्पना थापा, टीका ढकाल, कोषाध्यक्ष डा. हरी दाहाल, सदस्य प्रशान्त रोस्यारा र अमेरिकाबाट प्रशारण हुने नेपाली टेलिभिजन कार्यक्रम सम्प्रेशणका प्रश्तोता शैलेस श्रेष्ठ र ह्वाईट हिमालय टेलिभिजनका श्याम श्रेष्ठको उपस्थिति रहेको थियो ।

भेटघाटमा सोसाईटीका अध्यक्ष कार्कीले आफ्नो संगठनले विपत्तिको अवस्थामा मानवीय सेवामा गरिरहेको कार्यको विवरण प्रश्तुत गर्दै मानवीय उद्धारका लागि जान चाहने नेपालीहरुलाई टीपीएस स्टाटस दिएर आवतजावत गर्न दिनुपर्ने माग राखेका थिए ।
सो अवसरमा भूकम्प पीडित राहत कोषका संयोजक डा. हरी दाहालले टीपीएस स्टाटससँगै सन् २०१० को विपत्तिपछि हाईटीले पाएजस्तै टुहुरा भएका नेपाली बालबालिकालाई समेत विशेष व्यवस्था गर्नुपर्ने माग गरेका थिए

11198735_836658329704277_1705506425_nसो अवसरमा भूकम्प पीडित राहत कोषका संयोजक डा. हरी दाहालले टीपीएस स्टाटससँगै सन् २०१० को विपत्तिपछि हाईटीले पाएजस्तै टुहुरा भएका नेपाली बालबालिकालाई समेत विशेष व्यवस्था गर्नुपर्ने माग गरेका थिए । उक्त अवसरमा कांग्रेसम्यान ईजरायल आफ्नो नाडीमा बाँधेको वन अक्षर र संकेत भएको रिष्ट बेल्ट देखाँउदै आफु एक बिश्वास गर्ने भएकोले हामी मानिसको नातामा एक भएकोले टीपीएसको सवाल र टुहुरा बालबालिकाहरुलाई उद्दार गर्न सन २०१० मा हाइटीलाई दिए जस्तै सुबिधा नेपाललाई पनि दिन पहल गर्ने बताए ।

प्रतिक्रिया