छोराले खुर्पाले हान्दा बाबुको मृत्यु

इनेप्लिज २०७२ वैशाख २५ गते ७:२९ मा प्रकाशित

hatya-imageरत्ननगर (चितवन), २५ वैशाख । पश्चिम चितवनको पटिहानीमा छोराको खुर्पा प्रहारबाट बाबुको मृत्यु भएको छ ।

मदिरा पिएर आएका मिनबहादुर भण्डारीले हिजो साँझ ७२ वर्षीय बाबु शमशेरबहादुर भण्डारीलाई खुर्पाले हान्दा उनको मृत्युभएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

खुर्पा प्रहारबाट गम्भीर घाइते भण्डारीको भरतपुर अस्पतालमा उपचारका क्रममा रातिनै मृत्युभएको हो ।

घटनाको कारण भने नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया