गर्मीले जनजीवन प्रभावित
गोलबजार (सिरहा), २४ वैशाख । केही दिनदेखि ह्वात्तै बढेको गर्मीका कारण सिरहा, सप्तरी, धनुषालगायत तराइको जनजीवन प्रभावित बनेको छ ।
गर्मीका कारण सडकमा हिँड्ने पैदलयात्रु र सरकारी कार्यालयमा आउने सेवाग्राहीको उपस्थिति न्युन भएको छ भने अस्पतालमा बिरामीको चाप बढेको छ ।
ज्वरो, टाइफाइड, झाडापखाला र जन्डिसलगायतका रोगी बढ्दै गएको जिल्ला अस्पताल सिरहाले जनाएको छ । अस्पतालमा अहिले दैनिक दुई सयभन्दा बढी बिरामी आउने गरेका छन् ।
यसैबीच गर्मीकै कारण किसानहरूले लगाएको तरकारी खेती सुक्दा बजारमा तरकारीको भाउ आकासिएको छ । गर्मीका कारण खेतमा लगाएको तरकारी सुक्न गई ग्रामीण क्षेत्रबाट कम आएपछि भाउ आकासिएको लहानका तरकारी व्यापारी महसे साहले जानकारी दिनुभयो ।
गर्मी बढ्दै गएपछि जमिनमुनिको पानी समेत सुक्न पुग्दा सिरहाका उत्तरवर्ती गाविसहरूमा खानेपानीको सङ्कट परेको छ । इनारमा भएको पानी समेत सुक्न थालेपछि स्थानीयवासीले सफा पानी समेत पिउन पाएका छैन । कतिपयले खोलाको पानी पिउन बाध्य छन् ।
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
अमेरिकाका लागी पूर्ब राजदूत डा० अर्जुन कार्की न्युयोर्कमा
हामीले दोश्रो पुस्तालाई नेपालको गौरवको बारेमा बताउनु पर्ने : नेपाली कांग्रेसमा महामन्त्रि बिश्व प्रकाश शर्मा
एनआरएनए एनसीसी अमेरिकाको ११ औं साधारणसभा सुरु, आज ज्ञान सम्मेलन
प्रतिक्रिया