नेजाको नवौं वार्षिक साधारण सभामा हार्दिक आमन्त्रण

इनेप्लिज २०७२ वैशाख २२ गते १९:०६ मा प्रकाशित
उत्तर अमेरिकामा रहेका नेपाली पत्रकारहरुको साझा संस्था यस नेपाल अमेरिका पत्रकार संघ नेजाको नवौं वार्षिक साधारण सभा कोलोराडो राज्यको डेनभर शहरमा हुन लागिरहेको छ | आसन्न साधारण सभामा यसपटक नेपालको प्राकृतिक प्रकोप पीडित हाम्रा दाजुभाइ दिदीबहिनीहरुलाई कसरी सहयोग गर्न सकिन्छ र हामी के गर्न सक्छौं भन्ने बारेमा छलफल गरिनेछ |
साधारण सभा सम्पन्न गर्नका लागि नेजा कार्य समिति तदारुकताका साथ लागिपरेको जानकारी गराइन्छ | साधारण सभामा संस्थाको विधान,वार्षिक सांगठनिक एवं आर्थिक प्रतिवेदन र अन्य आन्तरिक विषयमा केन्द्रीत हुनेछ | तसर्थ यसै सूचना मार्फत् नेजाका सबै सदस्यहरुलाई साधारण सभामा सहभागिताका लागि हार्दिक आमन्त्रण गर्दछौं |
नवौं वार्षिक साधारण सभा कार्यक्रम:
मिति: मे २३ र २४,२०१५
स्थान: Ramada Denver Downtown
1150 E Colfax Ave.
Denver, CO 80218सम्पर्क व्यक्तिहरु
शैलेस पोखरेल, संयोजक स्थानीय तयारी समिति : ७२० ३१८ १५१५
गौतम दाहाल अध्यक्ष : ४१० ९०८ ८७४४
भोला आचार्य महासचिव: ७२० ३२६ ५५६०
हामी तपाईंहरु सबैलाई डेनभरमा स्वागत गर्न प्रतीक्षारत छौं |नेपाल अमेरिका पत्रकार संघ-नेजाकार्य समिति,परिवार

प्रतिक्रिया