भूकम्पबाट सात हजार पाँच सय सन्ताउन्नको मृत्यु

इनेप्लिज २०७२ वैशाख २२ गते ४:५८ मा प्रकाशित

Earthquake-Death-in-Nuwakotकाठमाडौँ, २२ वैशाख । विनाशकारी भूकम्पबाट मर्नेको सङ्ख्या सात हजार ५५७ पुगेको छ ।

गृहमन्त्रालयले आज केहीबेर अगाडि उपलब्ध गराएको विवरणअनुसार घाइतेको सङ्ख्या १४ हजार ५३६ पुगेको छ । यस अवधिमा १० हजार ७१८ सरकारी घर तथा भवन पूर्णरूपमा क्षति भएका छन् भने १४ हजार ७४१ घर तथा भवन आंशिक क्षति भएका छन् ।

सर्वसाधारणका एक लाख ९१ हजार ५८ घर पूर्णरूपमा क्षति भएका छन् भने एक लाख ७५ हजार १६२ घर आंशिक क्षति भएको छ । जनगणना २०६८ का अनुसार नेपालका कुल ५४ लाख ७७ हजार २२४ घरधुरीमध्ये ७.१५ प्रतिशत घर क्षति भएका छन् । सबैभन्दा बढी सिन्धुपाल्चोक जिल्लामा दुई हजार ९११ जना, काठमाडौँमा एक हजार २०२ जना र नुवाकोटमा ९०४ जनाको मृत्यु भएको गृह मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया