भूकम्प पीडितका लागि इज़रायलमा कार्यरत फिलिपिनीहरुले गरे यस्तो कार्यक्रम

इनेप्लिज २०७२ वैशाख २० गते १९:४२ मा प्रकाशित
Capture (2)
मानवीय भावनाको रङ्ग कस्तो हुन्छ त्यो कसैलाई पनि थाहा छैन तर यस प्रकारको रङ्गमा भने पक्कै निस्वार्थ परोपकारी भावना छ ।  भर्खरै नेपालमा गएको विनासकारी महाप्रलय भूकम्पले दिएको आँशुले नेपालीलाई मात्रै होइन बल्कि विश्वलाइ नै रुवायेकोछ ।
त्यस दुखाइमा समबेदनाको मल्हम बन्न इज़रायलमा कार्यरत फिलिपिनीहरुले राहत संकलनका लागि तेल अभिव शहरमा एक सांगीतिक कार्यक्रम गरे । फिलिपिन, इज़रायल र नेपालको राष्ट्रिय झण्डा नजिक सुन्दर क्यान्डलले नेपाल लेखिएको थियो । उक्त कार्यक्रममा नेपाल र फिलिपिनको राजदुत ज्यु हरुको पनि उपस्थिति रहेको थियो साथै राजदुताबास परिवारको पनि ।
Capture (1)
भूकम्प पीडितका लागि राहत संकल गर्ने हेतु आयोजित उक्त कार्यक्रम गर्ने सम्पूर्ण फिलिपिनी टीममा हार्दिक हार्दिक कृतज्ञछौं । यस सदभाव र स्नेही पूर्ण भावनाले हामी बीच अझ सामिप्यता बढाएको छ ।
Capture
तस्विर-सुन्दर नेपाल/किरण लामा 

प्रतिक्रिया