उद्धार सम्पन्न, राहत वितरण सुरु

इनेप्लिज २०७२ वैशाख १९ गते २:५१ मा प्रकाशित

thumb.phpमेलम्ची, १९ वैशाख । सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नं ३ का २४ गाविसमा गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पमा परी घाइते हुनेहरुको आज बिहानबाट उद्धार कार्य सम्पन्न भएको छ ।

उद्धार कार्य सकेर अहिले गाँउगाउँमा खाद्यान्नलगायतका राहत सामाग्री हेलिकप्टर तथा बस सेवाबाट तीव्ररुपमा वितरण भइरहेको नेपाली सेना भिमकाली गुल्म मेलम्चीका प्रमुख सेनानी प्रेम हमालले बताउनुभयो ।

उहाँका अनुसार शुक्रबार साझँसम्म मात्र १८ पटक गरी हेलिकप्टरबाट जिल्लाका दुर्गम क्षेत्र लेकखर्क, भोताङ, गुन्सा, बाँसखर्क, घेचेन घ्याङ ,मेलम्ची घ्याङलगायतका क्षेत्रमा खाद्यान्नसहित राहत वितरण गरिएको छ ।

भूकम्पका कारण मात्र क्षेत्र नं ३ मा मृत्यु हुनेको सङ्ख्या एक हजार ५०० नाघेको छ भने एह हजार ९०० भन्दा बढी घाइते भएका छन् । हालसम्म १३५ जना घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौं लगिएको र ६११ लाई एम्बुलेन्सबाट उपचारका लागि काठमाडाँै लगिएको छ ।

एक हप्तापछि सम्र्पकमा आएको जिल्लाको तातोपानी गाविसमा करिब ३५० जना अलपत्र परेको राष्ट्रिय अनुसन्धान विभाग सिन्धुपाल्चोकका प्रमुख अनुसन्धान अधिकृत उत्तम खनालले बताउनुभयो ।

प्रतिक्रिया