भारतबाट विद्युतीय उपकरण सहयोग

इनेप्लिज २०७२ वैशाख १९ गते २:४३ मा प्रकाशित

पर्सा, १९ वैशाख । भूकम्पबाट अवरुद्ध भएको विद्युत् सेवा सुचारु गर्न भारतले १३ ट्रक विद्युतीय उपकरण नेपाल विद्युत् प्राधिकरणलाई सहयोग प्रदान गरेको छ ।

विहार सरकारको इलेक्ट्रिक बोर्डले करिब दुई करोड भारुको विद्युतीय उपकरण लोड गरेका ट्रकहरू शुक्रबार वीरगन्ज नाकाबाट नेपाल प्रवेश गरेका छन् ।

गत शनिबार आएको भूकम्पबाट राजधानीलगायत विभिन्न जिल्लाको विद्युत् सेवा अवरुद्ध भएकाले उद्धार कार्यदेखि उपचार सेवा प्रभावित भएकाले यथाशीघ्र विद्युत् सेवा सुचारु गर्न विहार सरकारले नेपाललाई विद्युतीय उपकरणको साथै प्राविधिक सहयोग समेत दिएको नेपालका लागि वीरगन्जमा रहेको भारतीय महावाणिज्य दूतावासकी वाणिज्यदूत अन्जु रञ्जनले जानकारी दिनुभयो ।

विहार सरकारले पठाएका ट्रकमा ११ र ३३ केभिएको ७४ थान ट्रास्फरमर, १५ किलो मिटर तार, इनसुलेटर एक हजार ३०० थान, इसुलेटर पिन एक हजार ३०० थान लगायतका विभिन्न सामग्री रहेका छन् ।

प्रतिक्रिया