ट्रमा सेन्टरमा दुई सयको उपचार जारी

इनेप्लिज २०७२ वैशाख १८ गते ९:३१ मा प्रकाशित

resize_image.phpकाठमाडौँ, १८ वैशाख । शनिबारको भूकम्पमा परी घाइते भएकामध्ये २०० जनाको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीरअस्पताल ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

उक्त अस्पतालको आपत्कालीन कक्षमा १० जनाको उपचार भइरहेको छ । काठमाडौँ, सिन्धुपाल्चोकसहित विभिन्न जिल्लाबाट उपचार गर्न आएकामध्ये गम्भीर प्रकृतिका घाइतेलाई विशेष गरी टाउको, छाती तथा नशामा विशेष चोट लागेको छ ।
अस्पतालमा आएका घाइतेको निःशुल्क उपचार भइरहेको र केही हिजोदेखि घर जान थालेका वरिष्ठ चिकित्सक डा सन्देश दाहालले बताउनुभयो ।

डा दाहालले भर्ना भएका घाइतेमध्ये ८० प्रतिशतमा हाडजोर्नी, अन्यको टाउको र छातीमा चोट लागेको जानकारी दिनुभयो ।

यसैबीच, एकीकृत नेकपा (माओवादी)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले ट्रमा सेन्टरमा उपचार गरिरहेका घाइतेलाई भेटेर उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभयो ।

साथै उहाँले आफ्नो पार्टीले भूकम्पपीडितको उद्धारका लागि सक्दो सहयोग गर्ने बताउँदै पीडितको उद्धार, आर्थिक सहयोग तथा राहतको पहल गर्न पार्टीका तर्फबाट सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया