जाजरकोट, १७ वैशाख । भूकम्पले घर भत्काएको सुनेर सदरमुकामबाट बारेकोट हिँडेका कैलो कामीको बाटोमै लडेर मृत्यु भएको छ ।
जिल्लाको नायकवाडा गाविस–५ कालाखोली घर भई सदरमुकाममा काम गरी खाने कैलो तीन महिनाअघि सदरमुकाम काम गर्न आएका थिए ।
वैशाख १२ गते भूकम्प गएपछि कैलोको कालाखोलीमा रहेको घर भत्किएपछि उनी हतारहतार बुधबार घरतर्फ लागेका थिए । घर पुग्न आधा घण्टाको दुरी रहेको अवस्थामा स्थानीय काउली बजारको भीरमा लडेर उनको आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया