काठमाडौँ उपत्यकाको बजारमा तरकारीको अभाव

इनेप्लिज २०७२ वैशाख १५ गते ११:५५ मा प्रकाशित

vegetable-market_20120125075907काठमाडौँ, १५ वैशाख । शनिबार गएको भुकम्पपछि काठमाडौँ उपत्यकाका बजारमा तरकारीको अभाव देखिएको छ ।

बजारमा हरिया सागसब्जी, आलु तथा प्याज पाउनै मुश्किल परेको छ । उपत्यकामा तरकारीको अभाव हुन नदिनका लागि कृषि तथा तरकारी बजार, वल्खुबाट दैनिक ६०० टनसम्म तरकारी बिक्री हुने गरेको थियो । आज बल्खुबाट ५० टनमात्र तरकारी बिक्री भएको छ । यसलाई थप प्रभावकारी बनाउनका लागि आफूहरुले पहल गरिरहेको तरकारी बजार सञ्चालक पहलमान घिसिङ्ले राससलाई जानकारी दिनुभयो ।

उहाँले भोलीदेखि बजारमा १०० टनभन्दा बढी तरकारी पठाउने तयारीका साथ काम गरिरहेको बताउनुभयो । उता कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका उपनिर्देशक बिनय श्रेष्ठका अनुसार खुद्रा व्यापारी तरकारी लिन आएका छैनन् ।

उपभोक्ता, किसान र व्यापारी पनि भुकम्पबाट प्रभावित भएका कारण बिक्री कम हुने र कालिमाटीसम्म तरकारी पनि कम आएको उहाँले जानकारी दिनुभयो । सामान्य दिनमा कालिमाटीमा ७०० टन आउने गरेकोमा हिजो ८२ टनमात्र आएको थियो ।

कालिमाटी बजारमा आएका तरकारी विक्री भएको अवस्थामा आफूले आपूर्ति जतिपनि गर्ने भनी व्यावसायीले भनेकाले भोलिदेखि बजार सहज बन्दै जाने उपनिर्देशक श्रेष्ठको भनाई छ ।

प्रतिक्रिया