न्यु आइटीभेन्चर 4K प्रविधिको च्यानल प्रशारणको तयारीमा

इनेप्लिज २०७२ वैशाख ११ गते ११:११ मा प्रकाशित

4k-Android-STBविश्वकै पहिलो आईपीटिभी (IPTV) कम्पनि न्यूआईटी भेन्चर कर्पोरेसन जापानले गुणस्तरीय सेवा प्रदान गर्ने क्रममा टेलीभिजन प्रशारणको दुनियामा अहिले सम्मकै नयाँ प्रबिधि अल्ट्रा हाई डेफिनेसन (Ultra High Definition) अर्थात 4K सिस्टम अन्तर्गतको सेवा परिक्षण प्रशारण सकेको जनाएको छ | न्यूआईटी भेन्चर कर्पोरेसन जापानमा नेपालीले स्थापना गरेको कम्पनि हो | 4K सिस्टम मार्फत टि.भी. हेर्न सोही सिस्टमको टिभी र सेट-अप बक्स आवश्यक पर्छ | कम्पनीका म्यानेजर कृष्ण अधिकारीका अनुसार सेट-अप बक्सको परिक्षण सकेर बिक्रिको लागि तयारीमा छौ | ग्राहकले 4Kको सेवा डिमाण्ड गरे सेवा दिन तयार छौ, उनले भने |4K प्रविधिकको भिडियो प्रयोग गर्ने भिडियो कोडिक VIDEO CODEC लाई ‘H.265/HEVC’ भनिन्छ । जसले फुल एचडीको भिडियोको चार गुणा धेरै क्वालिटि दिन्छ त्यो पनि ५ देखि ८ एमवीपिएसको स्पिड कुनैपनि नेटवर्कमा । हालै जापानका स्टार होटलहरुमा गरेको परिक्षणक्रममा सो प्रविधिको तिव्र प्रसंसा भएको न्यूआईटी भेन्चरका प्रमुख कमल अधिकारीले

बताउनु भयो । टेलिभिजन च्यानल कम्पनी तथा दर्शकहरुको उपस्थितिमा गरिएको परिक्षण कार्यक्रममा सवैले भिडियोको क्वालिटि देखेर दंग परेका थिए । उनीहरुले कार्यक्रममा नयाँ प्रविधिले चाहेको भिडियो सहज रुपमा हेर्न सकिने भएकोमा धन्यवाद दिएका थिए । कर्पोरेशनले IPTV र OTT ईन्टरनेट टिभीको सेवाहरु संचालन गर्न चाहने कुनैपनि आईएसपी, टिभी स्टेशन, होटल, अस्पताल, कम्पनी र विश्वभरमा विक्रेताहरुका लागि END-TO-END OTT IPTV (स्याटेलाईट DOWNLINK टेलिपोर्ट देखी मोवाईल एप्स सम्म) सेवाको प्याकेज पनि ल्याएको जानकारी गराएको छ । नयाँ प्रविधिको प्रयोगले ग्राहकहरुले सस्तो प्याकेजमा उच्च प्रविधिको सेवा लिनसक्ने छन । साथै लगातार १० बर्ष देखि कम्पनीले वर्ल्डवाइड रुपमा हिन्दि,नेपाली, श्रीलंकन,पाकिस्तानी,बंगाली,अफगानी, फिलिपिनि, अस्ट्रेलियन फ्रेन्च, अंग्रेजी लगायतका टि.भी. च्यानलहरु HD र SD मा मोबाइल देखि टि.भी सम्म हेर्न मिल्ने गरी सेवा दिदै आएको छ | ग्राहकहरुले उच्च गतिको भिडियोलाई सामान्य क्षमताको ईन्टरनेटको माध्यमबाट पनि सहज रुपमा हेर्न सकिने दावी कम्पनीले गरेको छ । विदेशमा वस्ने नेपाली तथा दक्षिण एसियाका दर्शकले चाहेको टेलिभिजन च्यानल तथा भिडियोलाई सेटअप वक्सको माध्यमबाट टि.भी मा सहजै हेर्न सक्नेछन अनि साथै मोबाइल र ट्याब्लेट र एप्स डाउनलोड गरेर पनि हेर्न सकिन्छ | विगत एक दशकयता विश्वभरी छरिएर वसेका दक्षिण एसियाली मुलका विदेशीलाई टेलिभिजन च्यालनहरु वितरण गर्दै आएको न्यूआईटी भेन्चर कर्पोरेसनले ‘4K’ प्रविधिको सेटअप वक्सको सहयोगमा दर्शकले जस्तो सुकै भिडियोको दृष्यमा कुनै गुनासो गर्न पाउने छैनन । इन्टरनेट बाट विदेशमा वस्ने जो कोहीले पनि चाहेको टेलिभिजन हेर्न चाहेमा आफुलाई मन पर्ने प्याकेज किनेर तुरुन्तै हेर्न सकिन्छ | सेवाको पुरा जानकारीको लागि कम्प्युटर बाट www.worldondemand.tv मा लगईन गरेर प्याकेज किन्न सक्नु हुनेछ | साथै मोबाइल र ट्याब्लेट (iPhone, iPad, Apple TV, Android Phone) प्रयोग गर्नेले ‘World On Demand’ को एप्लिकेसन डाउनलोड गरेर पनि हेर्न सकिने ब्यबस्था छ भन्ने जानकारी दिएको छ |

प्रतिक्रिया