इलाका प्रहरी कार्यालय भवन उद्घाटन
इनेप्लिज
२०७२ वैशाख ११ गते ९:२९ मा प्रकाशित
नेपालगन्ज, ११ वैशाख । बाँके जिल्लाको नेपाल–भारत सीमा क्षेत्रको जमुनहामा निर्माण गरिएको इलाका प्रहरी कार्यालय भवनको प्रहरी नायब महानिरीक्षक केशवप्रसाद अधिकारीले आज उद्घाटन गर्नुभयो ।
समारोहमा प्रनाम अधिकारीले प्रहरी सङ्गठनलाई समयसापेक्ष जनमुखी बनाउन भौतिक संरचना, प्रविधि र प्रहरी जनशक्ति वृद्धि गर्दै लानुपर्नेमा जोड दिनुभयो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक बसन्तकुमार पन्तका अनुसार शान्ति तथा पुर्ननिर्माण मन्त्रालयबाट प्राप्त रु एक करोड १५ लाख ६३ हजारको लागतमा तीन तले भवन निर्माण गरिएको हो ।
त्यस अवसरमा भवन निर्माणमा सहयोग गर्ने विभिन्न संस्था तथा व्यक्तिहरूलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
अमेरिकाका लागी पूर्ब राजदूत डा० अर्जुन कार्की न्युयोर्कमा
हामीले दोश्रो पुस्तालाई नेपालको गौरवको बारेमा बताउनु पर्ने : नेपाली कांग्रेसमा महामन्त्रि बिश्व प्रकाश शर्मा
एनआरएनए एनसीसी अमेरिकाको ११ औं साधारणसभा सुरु, आज ज्ञान सम्मेलन
प्रतिक्रिया