पुस्तक किनेर पढ्ने जमात बढ्दै
रत्ननगर (चितवन), ११ वैशाख । चितवनमा पुस्तक किनेर पढ्ने जमात बढ्दै गएको पाइएको छ । चलेका साहित्यकारभन्दा नदेखिएका पाठकले बढी पुस्तक किनेर पढ्ने गरेका छन् ।
केही वर्षअघिसम्म पुस्तक त्यसै दिए लैजाने चलनलाई चिर्दै चितवनमा अहिले भने किनेर पढ्ने बानीको विकास भएको चितवनका साहित्यकार पुष्प अधिकारी अञ्जली बताउनुहुन्छ ।
उहाँको अनुभवमा जिल्लामा अहिले पुस्तक किनेर पढ्नेको जमात करिव ६० प्रतिशत छ । साहित्यिक एकता भए नेपालमा चितवन साहित्यको उर्वर भूमिमा उत्कृष्ट हुने उहाँको ठम्याइ छ ।
चितवनका श्रष्टा अमर न्यौपानेको सेतो धरती र राधा पौडेलको खलङ्गामा हमला पुस्तकले लगातार मदन पुरस्कारसमेत प्राप्त गर्न सफल भएपछि जिल्लाको साहित्यमा थप ऊर्जा मिलेको साहित्यकार अञ्जलीको अनुभव छ ।
पुस्तक किन्ने बानी नभएकाले यहाँ हरेक साहित्यिक कार्यक्रममा समेत पुस्तक किनेर पढ्ने बानी बसालौ भनेर चर्चा गर्ने गरिएकाले पनि चेतना बढ्दो छ ।
जिल्लामा गजल फष्टाउँदो छ । वार्षिक दुई दर्जनभन्दा बढी कृति जिल्लाबाट प्रकाशित हुन्छन् । नियमित लेख्ने लेखकहरू ६० को हाराहारीमा छन् । अग्रजदेखि युवाको जिल्लामा कमी नभएको श्रष्टा लेखराम सापकोटाले बताउनुभयो ।
कहिलेकाही आकार पुस्तकको भएपनि अर्थहीन हुँदा समस्या पर्ने गरेको समालोचकहरू बताउँछन् । चितवनमा २०७१ सालमा धेरै पुस्तक निस्किएको उनीहरूको अनुभव छ ।
न्युयोर्कमा मनाईयो गिरीजावावुको९९ औं जन्मजयन्ती
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
तीन हजार नेपालीहरुको सहभागिता रहेको ऐतिहासिक एएनए सम्मेलन सम्पन्न
अमेरिकाका लागी पूर्ब राजदूत डा० अर्जुन कार्की न्युयोर्कमा
प्रतिक्रिया