दुहवी सुहवी थानको संरक्षण अभियान

इनेप्लिज २०७२ वैशाख ११ गते २:३७ मा प्रकाशित

इटहरी, ११ वैशाख । सुनसरी जिल्लाको दुहवी–७ स्थित दुहवी सुहवीमाई थानको संरक्षण तथा सम्वद्र्धन र सरसफाइ अभियान थालिएको छ ।

विसं १९९० मा स्थापित यस सुहवीमाई थानले ऐतिहासिक महत्व बोकेको किंवदन्ती प्रसस्त पाइन्छ ।

सुहवीमाई थानको विषयमा जानकारहरूका अनुसार यसै थानको नामबाट हालको औद्योगिक नगरी दुहवी नगरीको नामकरण भएको किंवदन्तीमा उल्लेख छ ।

हाल आएर यस माई थानलाई संरक्षित गर्नुपरेकाले दुहवी सुहवीमाई थानको नयाँ कार्य समितिसमेत गठन गरिएको छ ।

अढाई विगाह क्षेत्रमा अवस्थित यस थानको संरक्षण तथा सरसफाइमा किरात राई यायोक्खा दुहवी, ग्रामीण महिला उत्थान मञ्च, थारु कल्याणकारिणीसभा, एलेभन एरोज क्लब, इप्रका दुहवी, सशस्त्र प्रहरी बल दुहवी, राजनीतिक दल तथा स्थानीयवासीको सहभागिता रहेको थियो ।

आज दुहवी सुहवीमाई थानको प्राङ्गणमा धार्र्मिक पूजापाठ तथा मेलाको आयोजना गरिने मेला कमिटीका सचिव विपुल थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया