चेपाङ केन्द्रलाई चामल र तेल हस्तान्तरण,केन्द्रको तीन शाखा सञ्चालन गर्ने तयारी

इनेप्लिज २०७२ वैशाख १० गते १२:५३ मा प्रकाशित

pic kp
रत्ननगर १० बैशाख
गामवेसीको चेपाङ संरक्षण केन्द्रलाई गैरआवासीय नेपाली संघ कतारका सल्लाहाकार आरके शर्मा र नायिक रेखा थापाले सहयोग गरेको चामल र तेल आज हस्तान्तरण गरिएको छ । केहि दिन अधि केन्द्रमै पुगेर सल्लाहाकार शर्माले २१ क्वीन्टर चामल र नायिक थापाले २०० लिटर तेल सहयोग गर्ने घोषणा गर्नुभएको थियो । कंचनजंगा बहुउदेश्यीय सहकारी संस्था भरतपुरका सचिव विजय कुमार शर्मा र व्यवस्थापक राजन पौडेल केन्द्रमै पुगेर चेपाङ वालवालिकालाई सो सामाग्री हस्तान्तरण गर्नुभएको थियो । यसैविच गामवेसीको चपाङ संरक्षण केन्द्रले विद्यालयहरु संग सहकार्य गरेर तीनवट शाखा सञ्चालन गर्ने तयारी गरेको छ । राप्रावि घेघौली शाखा,ओमशान्ति राप्रावि शाखा र राप्रवि मैनाहा शाख सञ्चालन गर्ने तयारी अन्तिम चरणका पुगेको केन्द्रका अध्यक्ष शर्माले बताउनुभयो । प्रत्येक केन्द्रमा ४०÷४० जना विपन्न चेपाङ विद्यार्थीलाई आवासीय सुविधा सहित अध्ययन गराईने उहाँले जानकारी दिनुभयो । रत्ननगर–१० मंगलपुरमा रहेको चेपाङ संरक्षण केन्द्रमा ८२ जना चेपाङ वालवालिका आश्रित छन । केन्द्रले तीन शाखा र मुख्य केन्द्रमा गरी २३२ जना चेपाङ वालवालिकालाई आवासीय सुविधा सहित अध्ययन गराउने अध्यक्ष शर्माले बताउनुभयो ।

प्रतिक्रिया