नगरपालिकाद्वारा विद्यालयको अनुगमन

इनेप्लिज २०७२ वैशाख १० गते ३:५४ मा प्रकाशित

ilam_nepal_mapइलाम, १० वैशाख । नगरपालिका क्षेत्रभित्रका विद्यालयलाई भयरहित, हिंसारहित, विभेदरहित तथा विद्यार्थीमैत्री बनाउने उद्देश्यले इलाम नगरपालिकाले विद्यालयको अनुगमन सुरु गरेको छ ।

नयाँ भर्ना हुने विद्यार्थीलाई जन्मदर्ता प्रमाणपत्र र अपाङ्ग भए अपाङ्गताको परिचयपत्र अनिवार्य गर्न र बालमैत्री आचारसंहिता लागू गर्न सबै विद्यालयमा अनुगमन सुरु गरिएको नगरपालिकाका कार्यकारी अधिकृत लोकबहादुर भण्डारीले बताउनुभयो ।

नगरपालिकाभित्र रहेका करिब डेढ दर्जन विद्यालयमा दिगो विद्यालय वातावरण प्रवद्र्धन कार्यक्रमलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्ने नगरपालिकाले जनाएको छ ।

विद्यालय वातावरण कोषमा प्रतिविद्यार्थी÷प्रतिमहिना न्यूनतम डेढ रुपैयाँका दरले सहयोग रकम सङ्कलन गर्नका लागि विद्यालयमा अनुरोध गर्ने, नगरका सामुदायिक विद्यालयअन्तर्गत प्रावि तहमा अध्ययन गर्ने विपन्न विद्यार्थीलाई खाजा बक्सको व्यवस्थापन मिलाउन विद्यालयसँग सहकार्य गर्नेजस्ता क्रियाकलापको अनुगमन गर्न थालिएको हो ।

प्रतिक्रिया