वीरगन्ज (पर्सा), १० वैशाख । पर्साको बैरियाविर्तामा बुधबार भेटिएको बेवारिसे शवको अझै सनाखत हुन सकेको छैन ।
स्थानीयका अनुसार स्थानीय रामचन्द्र कुशवाहाको पोखरीमा डुबिरहेको अवस्थामा सो शव फेला परेको हो । करिब ४५ वर्षीय युवकको शवको अझै सनाखत भइनसकेको र सो विषयमा अनुसन्धान जारी रहेको पर्साका प्रहरी उपरीक्षक दिवेश लोहनीले बताउनुभयो ।
शव पोखरीमा डुबेको अवस्थामा फेला परेको हो । शव पोखरीबाट निकालेर नारायणी उपक्षेत्रीय अस्पतालको शव गृहमा राखिएको प्रहरीले बताएको छ ।
प्रतिक्रिया