तुलसीपुर (दाङ), १० वैशाख । युवा व्यवसायी यज्ञबहादुर केसी र उहाँकी श्रीमती शर्मिला केसीले बुधबार तुलसीपुर उद्योग वाणिज्य सङ्घलाई चारकट्ठा जग्गा निःशुल्करुपमा रजिस्ट्रेसन पास गरी दिनुभएको छ ।
तुलसीपुरको विपीचोकमा आरवी डिपार्टमेन्टल स्टोरका सञ्चालक केसी परिवारले सङ्घलाई बृहत् सभाहल निर्माणका लागि तुलसीपुर नगरपालिका– ८ दोघरेको रु एक करोड मूल्य बराबरको जग्गा प्रदान गर्नुभएको हो ।
तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष विमल रिजालले सङ्घलाई जग्गा प्रदान गरी सहयोग गर्नु भएकोमा केसी परिवारलाई धन्दवाद व्यक्त गर्नुभयो ।
दाता केसीले तुलसीपुर क्षेत्रमा ठूलास्तरका कार्यक्रम सञ्चालन गर्दा हलको अभाव खड्किएको महसुस गरी आफ्नो निजी जग्गा सङ्घलाई प्रदान गरेको बताउनुभयो ।
प्रतिक्रिया