बिहीबार, मंसिर ११ २०७७
काठमाडौं १२:०५
वासिङटन डिसी 01:20

जाजरकोटमा थप एकको मृत्यु

इनेप्लिज २०७२ वैशाख ८ गते ९:०९ मा प्रकाशित

Jajarkot_district_locationजाजरकोट, ८ वैशाख । रामीडाँडा गाविस वडा नं ७ का ६१ वर्षीय लालवीर नेपालीको गएराति मृत्यु भएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंका अनुसार योसहित स्वाइन फ्लु र मौसमी रुघाखोकीबाट मृत्यु हुनेको सङ्ख्या २६ पुगेको छ ।

रामीडाँडामा अहिले बिरामीको सङ्ख्या बढेको स्थानीय स्वास्थ्यकर्मीले बताएका छन् । जिल्लाका सबै ठाउँमा सञ्चालन भइरहेका सरकारी तथा गैरसरकारी संस्थाका कार्यक्रम, विवाह, व्रतबन्ध र अन्य कार्यक्रम स्थिति सामान्य नहुन्जेलसम्मका लागि बन्द गर्न प्रमुख जिल्ला अधिकारी जगतबहादुर बस्नेतले निर्देशन दिनुभएको छ ।

प्रतिक्रिया